You are viewing the translated version of वैतनिक कानून व्यवसायीको काम, कर्तव्य र्‌ अधिकार.

Rule 59
वैतनिक कानून व्यवसायीको काम, कर्तव्य र्‌ अधिकार
: (१) वैतनिक कानून व्यवसायीको काम, कर्तव्य र्‌ अधिकार देहाय बमोजिम हुनेछः-
(क) पक्षले दिएको (निवेदनको आधारमा रजिष्ट्रारले वा. इजलासले तोकेका मुद्दामा कानून व्यवसायी राख्न नसक्ने र मुद्दाको पैरवी गर्न नसक्ने पक्षको तर्फबाट आवश्यक कानूनी लिखत तयार गर्ने र बहस पैरवी गर्ने,
(ख) खण्ड (क) मा उल्लिखित सम्बन्धित पक्षलाई मुद्दासँग सम्बन्धित विषयमा परामर्श दिने,
(ग) खण्ड (क) मा उल्लिखित सम्बन्धित पक्षलाई मुद्दाको कारबाहीको अवस्थाका सम्बन्धमा जानकारी दिने,
(घ) अदालतमा परेको पुनरावेदन लगायतको लिखत तयार गर्न खण्ड (क) मा उल्लिखित पक्षलाई सहयोग गर्ने।
(२) वैतनिक कानून व्यवसायीले प्रचलित कानून बमोजिम पालना गर्नु पर्ने आचरण पालना गर्नु पर्नेछ। (३) वैतनिक कानून व्यवसायीले कानूनी लिखत तयार गर्नु पर्ने वा बहस पेरवी गर्नु पर्ने मुद्दासँग सम्बन्धित मिसिल बिना शुल्क अध्ययन गर्न वा त्यस्तो मिसिलमा संलग्न कुनै कागजको नक्कल लिन पाउनेछ।
(४) वैतनिक कानून व्यवसायीले पक्षसँग कुनै पनि शुल्क लिन पाउने छैन।
(५) वैतनिक कानून व्यवसायीले/आफूले गरेको हरेक कार्यको प्रगति विवरण, पक्षको प्रतिनिधित्व गर्दा उत्पन्न भएका कठिनाई र सो कठिनाई निवारण गर्ने उपाय समेत खुलाई प्रत्येक महिना अदालतमा प्रतिवेदन पेश गर्नु पर्नेछ।